दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ मा अवस्थित हुनैनाथ माध्यमिक विद्यालयको ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजना गरिएको “राम चरित्र मानस“ (अखण्ड रामायण) महायज्ञ सम्पन्न भएको छ ।
विश्व शान्तीको कामना सहित फागुन १२ गते (हिजो) विद्यालयको ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सञ्चालन गरिएको महायज्ञ आज सम्पन्न भएको विद्यालयका शिक्षक दुर्गादत्त पाठकले जानकारी दिनुभयो ।
महायज्ञमा पण्डित धर्मानन्द भट्ट, पुष्पराज जोशी, श्यामराज जोशी, इन्द्र देव जोशी, मोहन देव जोशी, दुर्गादत्त ओझा, जगदिशचन्द्र जोशी, लिलाधर जोशी र अम्बादत्त ओझा गरी नौँ जना पण्डितहरुले अखण्ड रामायण कथा वाचन गर्नुभएको थियो ।
महायज्ञमा गाउँपालिकाभरीका पण्डितहरु, धामी (पतर्या) हरु धार्मीक, तथा श्रद्धालुजन, स्थानीय, जनप्रतिनिधिहरु, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । महायज्ञको अवसरमा विभिन्न सास्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको लेकम गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशीले जानकारी दिनुभयो ।
राम चरित अखण्ड रामायण महायज्ञको अवसरमा विद्यालयका पूर्व विद्यार्थी लेकम गाउँपालिका वडा नम्बर ५ अम्कुर घर भइ हाल जापानमा कार्यरत दिलेन्द्र प्रसाद जोशीले घोषणा गरेको १ लाख १ हजार १०१ रुपैयाँ उहाँका बुबा देवराज जोशी र आमा कुमारी देवी जोशीले आज विद्यालयलाइ हस्तान्तरण गर्नुभएको छ । आर्थिक सहयोगका लागि विद्यालय परिवारले जोशीलाई धन्यवाद ज्ञापन सहित आमाबुबालाई दोसल्लाद्धारा सम्मान समेत व्यक्त गरेको छ ।
अखण्ड रामायण महायज्ञ सञ्चालनमा सहयोग गर्ने सम्र्पुणमा विद्यालय तथा वडा नम्बर ४ परिवारले धन्यवाद व्यक्त गरेको छ ।






प्रतिक्रिया