दार्चुला । आज शिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने शिवरात्रि पर्व भगवान शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । शिवरात्रीको अवसरमा दार्चुलाको गोकुलेश्वरस्थित चमेलिया किनार, दुहुँ, व्यास, मार्मा र महाकालीस्थित महाकाली र चमेलिया किनारमा रहेका तातोपानी क्षेत्र लगायत स्थानमा स्नान गर्ने भक्तजनको भिड लागेको छ । नेपालकै प्रशिद्ध पशुपति परिसर एवम् वाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको भिड छ । शिवरात्रिलाई लक्षित गर्दै धार्मीक क्षेत्रहरुलाई सिँगारिएको छ ।
शिवरात्रिको दिन आज भक्तजनले शुद्ध भइ शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गरिन्छ । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले हरेक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाइ भजनकीर्तनका साथ त्यही आगोमा प्रसाद बनाइ ग्रहण गर्ने गरिन्छ । शिवरात्रिको दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ । महाशिवरात्री अवसरमा गोकुलेश्वर मेला बुधवार (आज) देखि सुरु भएको छ ।
दार्चुलाको गोकुलेश्वरमा शिवरात्रीको अवसरमा साताव्यापी ऐतिहासिक व्यापारीक मेलाको आयोजना गरिएको शैल्यशिखर नगरपालिकाले जनाएको छ । हरेक बर्ष गोकुलेश्वर क्षेत्रमा मेला सञ्चालन हुदै आएको छ । शिवरात्रीको दिन धार्मीक गतिविधिका साथै चमेलिया लगायत नदी किनारमा विहानैदेखि स्नान गर्ने भक्तजनहरुको घुइचो लागेको स्थानीय व्यापारी गंगादत्त जोशीले बताउनुभयो । उहाँका अनुसार बजार क्षेत्रमा मानिसहरुको भिडभाड र व्यापारीक चहलपहल छ । गोकुलेश्वरमा व्यापारका लागि टाढाटाढाबाट समेत व्यापारी र ग्राहकहरु पुग्ने गरेका छन् ।
शिवरात्रीका अवसरमा तिर्थालु भक्तजनहरुका लागी तिर्थ स्थल र मन्दिर परिसरमा सरसफाई तथा रंगरोगन गरिएको छ । आज विहानैदेखि गोकुलेश्वरमा श्रद्धालु भक्तजनको घुइचो लागेको छ ।





प्रतिक्रिया