दार्चुला । भन्सार कार्यालय दार्चुलामा चालु आर्थिक २०८१। ८२को माघ मसान्त सम्म लक्ष्यको आधा भन्दा केही बढी राजस्व संकलन गरेको छ।
कार्यालयले चालु आर्थिक वर्षको माघ महिना सम्म ४२ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भएपनी २६ लाख ९३ हजार २ सय ६५ रुपैयाँ मात्रै राजस्व संकलन भएको जिल्ला भन्सार कार्यालय दार्चुलाका प्रमुख सुदिप मानन्धरले जानकारी दिनुभयो । आर्थिक वर्षको पहिलो महिना साउनमा कार्यालयले ५ लाख ४८ हजार राजस्व संकलनको लक्ष्य राखेकोमा २ लाख ८९ हजार ८ सय ९२ रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ ।
स्तै भदौमा ६ लाख ३ हजार लक्ष्य रहेकोमा ३ लाख ७३ हजार २ सय ७८ रुपैयाँ र अशोजमा ६ लाख १६ हजार रुपैयाँ लक्ष्य रहेकोमा ४ लाख २० हजार ३ सय ८३ रुपैयाँ राजस्व संकलन भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै कार्तिक महिनामा ६ लाख रुपैयाँको लक्ष्य लिएको भएपनी ५ लाख ६६ हजार ५ सय ८३ रुपैयाँ राजस्व संकलन गरेको छ । मंसिर महिनामा ६ लाख ३३ हजार लक्ष्य राखिएकोमा ४ लाख ३७ हजार ९ सय ५२ रुपैयाँ राजस्व सकलन भएको कार्यालय प्रमुख मानन्धरले बताउनुभयो ।
यस्तै पुष महिनामा पनी ६ लाख १७ हजार लक्ष्य राखिएकोमा ३ लाख १० हजार ७ सय ७४ रुपैयाँ र माघ महिनामा ५ लाख ९० हजार रुपैया लक्ष्य रहेकोमा २ लाख ९४ हजार ४ सय ३ रुपैँया मात्रै राजस्व संकलन भएको भन्सार कार्यालय दार्चुलाका तथ्याङकले देखाएको छ ।
उक्त तथ्यांक हेर्दा भन्सार रकम लक्ष्यभन्दा १५ लाख ७६ हजार ७ सय ३५ रुपैयाँ कम उठेको कार्यालको तथ्याङकले देखाएको छ ।





प्रतिक्रिया