दार्चुला । दार्चुलामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।
जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर १ इयरकोटका ७६ वर्षीय विरभान सिह महताको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।
फागुन ६ गते घरबाट निगालोको चोया निकाल्न गएका महता घर नफर्किएपछि खोजी गर्दा बुधवार (हिजो) स्थानीय सल्याडी भिरमा मृत्त अवस्थामा फेला परेको रावतले बताउनुभयो ।
मृत्तक महताको शव पोष्टमार्टमका लागी आज जिल्ला अस्पताल ल्याइएको र भोली मात्रै आफन्तको जिम्मा लगाइने उहाँले बताउनुभएको छ ।





प्रतिक्रिया