दार्चुलाको नौगाड गाउँपालिका सार्वजनिक वित्तीय व्यवस्थापन कार्यक्रममा छनोट

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका सार्वजनिक वित्तीय व्यवस्थापन, दिर्घकालीन सेवा डेलिभरी कार्यक्रमको लागी छनोट भएको छ ।

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा दार्चुलाको नौगाड गाउँपालिका सहित देशैभरीका ९ वटा स्थानीय तहहरु उक्त कार्यक्रममा छनोट भएका छन् ।

जसअन्र्तरगत दार्चुलाको नौगाड सहित, बाजुराको जगन्नाथ गाउँपालिका, कैलालीको गोदावरी नगरपालिका, स्याङ्जाको फेदीखोला गाउँपालिका, तनहुँको ब्याँस नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, दोलखाको शैलुङ गाउँपालिका, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका र धादिङको ज्वालामूखी गाउँपालिका छनोटमा परेको सङघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, विकास सहायता समन्वयका शाखा अधिकृत संजय अधिकारीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

छनोट भएका सम्र्पुण स्थानीय तहका प्रमुख, प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, राजस्व शाखा प्रमुख र लेखा प्रमुखहरुसंग फागुन १८ गते पोखरामा कार्यशाला गोष्ठीको आयोजना गरिएको छ ।

गोष्ठीमा सहभागी हुन नौगाड गाउँपालिकाको टोली आज पोखरा प्रस्तान गरेको  गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?