एमाले दार्चुलाको पाँचौं सचिवालय बैठकबाट कार्यसूची निर्माण, जिम्मेवारी बाँडफाँड (निर्णयसहित)

दार्चुला । नेकपा (एमाले) दार्चुलाको पाँचौं सचिवालय बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकमा  जिल्लामा जारी रहेको तीन महिने वडा केन्द्रीत जरा अभियानको समिक्षा गरिएको छ । शैल्यशिखर नगरपालिकाको बलाँचमा बसेको बैठकले पार्टीले सञ्चालन गरिरहेको जरा अभियान अन्तरगत चैत्र मसान्तसम्म गर्नुपर्ने कामहरुको सूची तयार गरेको छ ।

जसअनुसार पार्टीको राजनैतिक, सांगठनिक विषयबस्तु, समसामयीक विषय तथा मिसन ८४ बारे प्रशिक्षण दिने, पार्टी सदस्यता नविकरण गर्ने, न्युनतम मतदाता संख्याको ६ प्रतिशत पार्टी सदस्य अनिवार्य बनाउने, पुराना सदस्यहरुको बिवरण तयार गरी सदस्यता नवीकरण गर्न प्रेरित गर्ने, चैत्र मसान्तभित्र सम्मेलन अधिवेशन गर्न बाकीँ रहेका जनसंगठनहरुका जिल्ला सम्मेलन/अधिवेशनको मिति तय गर्ने, प्रतेक दिन हरेक पालिका र वडाहरुमा जरा अभियानका गतिविधिहरु अनिवार्य सञ्चालन गर्नुपर्ने लगायतका निर्णय गरिएको एमाले जिल्ला कमिटी सचिव उमेश जोशीले जानकारी दिनुभयो ।

बैठकबाट पालिकाहरुमा निष्कृय रहेका सदस्यहरुसंग छलफल गरी घर फर्क अभियान सञ्चालन गर्ने, स्थानीय स्तरमा तथा माथिल्लो कमिटीमा जिम्मेवारी प्रदान गराउने, जरा अभियान सम्बन्धि निर्णय कार्यान्वयनको अवस्था हेरी जिम्मेवारी थप्ने, हटाउने, जनसंगठनका जिल्ला सम्मेलन, अधिवेशन, भेला तय गर्न जिल्ला इन्चार्ज गणेश सिंह ठगुन्नाको संयोजकत्वमा केन्द्रीय कमिटी सदस्य हरदेव जोशी र जिल्ला कमिटी पदाधिकारी रहेको समितिलाई अधिकार प्रत्यायोजन गर्ने लगायतका निर्णय गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै जरा अभियानलाई व्यवस्थित रुपले सञ्चालन गर्न र लक्ष्य अनुरुप उपलब्धी हासिल गर्न जिल्लाका नौँ वटै स्थानीय तहमा नेताहरुलाई सहजकर्ताको जिम्मेवारी तोकिएको छ । जसअनुसार महाकाली नगरपालिकामा पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज गणेश सिंह ठगुन्ना, व्याँस गाउँपालिका र दुहुँ गाउँपालिकामा केन्द्रीय कमिटी सदस्य हरदेब जोशीलाई सहजकर्ताको जिम्मेवारी दिइएको छ । शैल्यशिखर नगरपालिकामा जिल्ला कमिटी पूर्व अध्यक्ष रामदत्त जोशी, नौगाड गाउँपालिकामा जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, मालिकार्जुन गाउँपालिकामा प्रदेश कमिटी सचिवालय सदस्य मोहन सिंह धामी, मार्मा र अपिहिमाल गाउँपालिकामा प्रदेश कमिटी सचिवालय सदस्य प्रेम सिंह धामी र लेकम गाउँपालिकामा जिल्ला कमिटी उपाध्यक्ष परमानन्द जोशीलाई सहजकर्ताको जिम्मेवारी तोकिएको छ ।

मुक्ति समाजको जिल्ला अधिवेशन सम्पन्न गर्न तथा आवश्यक व्यवस्थापनको लागी प्रदेश कमिटी सदस्य लाल बहादुर विकलाई विषेश जिम्मेवारी दिलाइएको छ । अपिनाम्पा सरक्षण क्षेत्रको निर्वाचनको लागी आवश्यक गृहकार्य तथा व्यवस्थापनको लागी नगेन्द्र सिंह तिंकरीको संयोजकत्वमा ६ जनालाइ जिम्मेवारी दिइएको छ भने स्ववियु निर्वाचनको लागी उमेश राज जोशीको संयोजकत्वमा ६ जनालाई जिम्मेवारी दिइएको छ । त्यस्तै पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी जनक सिंह ठगुन्नालाई दिइएको एमाले जिल्ला कमिटी उपसचिव कर्णबहादुर खडायतले बताउनुभयो ।

नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षता तथा नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता, केन्द्रीय, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सचिवालय सदस्य र पालिका कमिटी अध्यक्षहरूको उपस्थितिमा नेकपा (एमाले) दार्चुलाको पाँचौं सचिवालय बैठक आज बलाँचमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?