दार्चुला । दार्चुलामा जिप दुर्घटना भएको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ मैखोलीमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।
बुधबार दिउँसो ४ः३० बजेको समयमा सु.प.प्र. ००१ ज ०००५ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परि चालक २५ बर्षीय महेश भुल, १५ बर्षीय सागर भुल र ३ बर्षीय बालक धौले भुल घाइते भएको उहाँले बताउनुभयो ।
उक्त जिप महाकाली नगरपालिका वडा नम्बर २ मुल्लाबाट खलंगा आउदै गरेको प्रहरी निरीक्षक रावतले बताउनुभयो । जिप सडकबाट करिब ५० मिटर तल खसेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया