दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ५ ले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । यहि फागुन २४ गतेका दिन सबै महिला तथा बालबालिकाको लागीः अधिकार, सामानता र सशक्तिकरण भन्ने नारा सहित मनाउन लागिएको १ सय १५औंँ राष्ट्रिय तथा नारी महिला दिवसको अवसरमा वडामा विभिन्न कार्यक्रमको आयोजना गरिने वडा सचिव रमेश भट्टले जानकारी दिनुभयो ।
वडा कार्यालयले एक सूचना जारी गर्दै वडा नम्बर ५ मा रहेको समैजी माध्यमिक विद्यालय सौकेबगडमा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
नारी दिवसको अवसरमा वडा कार्यालयले फोहोर फाल्ने खेल, घैँटो फोड, पानी भर्ने खेल, सुइ धागो खेल, भित्र बाहिर, तातो आलु खेल सञ्चालन गर्ने वडा सचिव रमेश भट्टले जानकारी दिनुभयो ।
त्यस्तै संस्कृतिक कार्यक्रम तर्फ र्याली, फाग सगुन, सामुहिक देउडा प्रतियोगिता र सामुहिक नृत्य प्रतियोगिता सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया