दार्चुलाको मालिकार्जुन-८ का गोपाल पन्त फागुन १९ देखि बेपत्ता

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का एक पुरुष यही फागुन १९ गतेदेखि बेपत्ता भएका छन ।

मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ८ पस्ती दुधेखोला घर भएका ५६ बर्षीय गोपाल पन्त यही फागुन १९ गते देखि बेपत्ता भएको उहाँका छोरा कपिल पन्तले जानकारी दिनुभयो । १९ गते विहान घरबाट जोलजिवी जान्छु भनेर गएका उहाँ सोही दिनबाट सम्पर्क विहिन भएको पन्तले बताउनुभयो ।

४ दिन देखि बेपत्ता पन्तको परिवार र गाउँलेले खोजीकार्य गरिरहेको भएपनि हाल सम्म फेला पार्न नसकिएको उहाँले बताउनुभयो । बेपत्ता पन्तले घरबाट निस्कदा सेतो रंगको टोपी, कालो रंगको लेदरको ज्याकेट, कालो रंगको पाइन्ट र रातो रंगको चप्पल लगाएको पारिवारिक श्रोतले जनाएको छ।

उहाँलाई कही कतै देखे ९८६५९५९९७९ मा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन बेपत्ता पन्तका छोरा कपिल पन्तले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?