दार्चुला । मोटरसाइकल दुर्घटनामा परी गम्भिर घाईते भएका दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ७ देवथली (कोटमा) घर भइ मालिकार्जुन आधारभूत विद्यालय पौनेखोलामा कार्यरत ३६ वर्षिय शिक्षक केशब राज जोशीको उपचारमा आर्थिक समस्या भएको छ ।
फागुन १९ मालिकार्जुन गाउँपालिकाको थकतोलीमा मोटरसाइकल दुर्घटनामा परी घाईते भएका जोशीको मेरुडण्डको हड्डी भाचिएको र मिर्गोलाको समेत समस्या भइ डाइलासेस गर्नुपर्ने भएकाले उपचारमा आर्थिक अभाव भएको आफन्त मनिराज जोशीले जानकारी दिनुभयो ।
जोशीको उपचारमा सहयोगको लागी अपिल गरिएको छ । सहयोग गर्न इच्छुकले राजु प्रशाद जोशीको नाममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा रहेको खाता नम्बर २९७०५३०००००४५१ अर्थात क्यूआर मा सहयोग गरिदिन अपिल गरिएको छ ।
जोशीको हाल नेपालगंन्ज मेडिगल कलेजमा उपचार भइरहेको छ ।
जोशीलाई उपचारमा सहयोग गर्न चाहनेले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा रहेको खाता नम्बर २९७०५३०००००४५१ अर्थात तलको क्यूआर मा सहयोग गर्न सक्नुहुनेछ ।






प्रतिक्रिया