दार्चुलाको नौगाड गाउँपालिकाले मनायो आठौँ स्थापना दिवस

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाले आठौँ स्थापना दिवस मनाएको छ ।

नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दलजीत सिंह धामीको अध्यक्षता रहेको थियो । त्यस्तै कार्यक्रममा  गाउँपालिका उपाध्यक्ष जगत सिंह ठगुन्ना, प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामी, लगायत कर्मचारीहरु, वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधि, विद्यालयका प्रध्यानाध्यापकहरु लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा स्तरीय ठाडी भाका, दमाहा बजा र महिला समूहहरुको डेउडा प्रतियोगिता लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको नौगाड गाउँपालिकाका कृषि शाखा अधिकृत प्रकाश सिंह धामीले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी सम्पूर्ण समुहहरुलाई गाउँपालिकाले सम्मान गरेको छ ।

त्यस्तै जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी भइ स्थान प्राप्त गर्ने खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?