दार्चुला । नेपाल उत्पीडित जातीय मुक्ति समाज दार्चुलाको छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ शंकरपुर पस्तीमा सम्पन्न अधिवेसनबाट मुरारीलाल टमटाको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको कोषाध्यक्ष उज्जवलराम टमटाले जानकारी दिनुभयो ।
त्यस्तै समितिको उपाध्यक्षमा रमेश नेपाली र पानमती पार्की, सचिवमा जमुना नेपाली, उपसचिवमा बसन्ती कोली र कोषाध्यक्षमा उज्जवलराम टमटा चयन हुनुभएको छ ।
जानकी टमटाको अध्यक्षता तथा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विकको प्रमुख आतिथ्यतामा उद्धघाटन गरिएको अधिवेशनमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं जिल्ला इन्चार्ज गणेशसिह ठगुन्ना, केन्द्रीय सदस्य हरदेव जोशी, प्रदेश सदस्य एवं मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामी, लालबहादुर विक, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती लगायत नेताहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।





प्रतिक्रिया