दार्चुला । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सोमवार (भोली) धनगढी आउने भएका छन।
कांग्रेसको प्रदेश सम्मेलनको उद्घाटन गर्न देउवा धनगढी आउने भएका हुन् ।
कांग्रेस , सुदूरपश्चिम कार्यसमितिको प्रथम प्रदेश सम्मेलनको उद्घाटनका लागि सोमवार बिहान देउवा धनगढी आउने छन्। नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत रावत (डोटेली कान्छा)ले सोमवार बिहान सभापति देउवा सहित महामन्त्रीहरू गगन कुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरूको टोली आउन लागेको बताउनुभएको छ ।





प्रतिक्रिया