दार्चुला । दार्चुलामा आगामी चैत्र १५ गतेबाट मेला, महोत्सव सञ्चालन हुने भएको छ। उद्योग वाणिज्य संघ दार्चुलाको आयोजनामा सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सव २०८१ आयोजना हुने उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश सिंह थापाले जानकारी दिनुभयो ।
महोत्सवको तयारी तथा आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ, उहाँले भन्नुभयो, जिल्ला प्रशासन कार्यालयसंग महोत्सव आयोजनाको लागी अनुमती माग गरिएकोमा प्रशासनबाट समेत अनुमती प्राप्त भइसकेको र थप तयारी भइरहेको छ । चैत्र १५ गतेबाट चैत्र २५ गतेसम्म दार्चुला सदरमकाम खंलगामा महोत्सव सञ्चालन हुने उहाँले बताउनुभयो ।

मेला महोत्सवमा व्यापारीक स्टल राख्नुका साथै स्थानीयदेखि राष्ट्रिय कलाकारको उपस्थितिमा बेजोड सांस्कृतिक प्रस्तुति रहने बताइएको छ ।





प्रतिक्रिया