गोकुलेश्वर क्षेत्रबाट भन्सार छलीको आठ क्विन्टल चिनीसहित गाडी नियन्त्रणमा

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका-९ नङ्तडमा भन्सार छलीको आठ क्वीन्टल चिनी फेला परेको छ । फागुन २६ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणबाट खटिएको मोबाइल चेकप्वाइण्ट टोलीले शैल्यशिखर-९ नङ्तडबाट भन्सार छली अर्थात बिल बिनाको आठ क्विन्टल चिनी बोकेको म १ ज ३२४ नम्बरको बेवारिसे अवस्थामा भेटिएको गाडी नियन्त्रणमा लिइएको हो ।

बेवारिसे अवस्थामा फेला परेको चिनी सहितको गाडी आवश्यक कारवाहीका लागि फागुन २७ गते मंगलबार भन्सार कार्यालय दार्चुलालाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति (एसपी) देवराज जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?