दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ८ कालागाउँका २१ वर्षिय सुरेन्द्र बिष्टको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार दोगडाकेदार ८ कै ४२ वर्षी स्याल भनेर चिनिने कर्णबहादुर बिष्टलाई सार्वजनिक गरेको हो ।
कर्णबहादुरले प्रयोग गरेको भरुवा बन्दुक, गोली, मोवाइल तथा सिम कार्ड लगायतका सामान सहित उनलाई बुधबार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । फागुन १७ गते राति ८ः३० बजेको समयमा गोली प्रहार गरेर कर्णबहादुरले सुरेन्द्रको हत्या गरेका थिए । ४० हजार रुपैयाँ लेनदेनका बिषयमा विवाद हुँदा कर्णबहादुरले आफ्नै भाइ नाता पर्ने सुरेन्द्रको गोली हानेर हत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो।
फागुन २५ गते दोगडाकेदार ८ कै पत्थरखानीको ओढारमा लुकाएर राखेको अवस्था झोला फेला परेको थियो । सोही ठाउँमा मंगलबार उनले हत्यामा प्रयोग गरेको बन्दुकसहितका सामग्री फेला परेको प्रहरीले जनाएको छ ।
हत्यापछि फरार भएका कर्णलाई गएको फागुन २३ गते भारततर्फ भाग्दै गरेको अवस्थामा दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तु नाकाबाट पक्राउ गरिएको थियो ।
अभियुक्त कर्णबहादुर माथि जिल्ला अदालतबाट फागुन २३ गतेदखी लागु हुने गरी १० दिन म्याद थपेर कर्तव्य ज्यान मुद्धामा अनुसन्धान भैरहेको छ ।





प्रतिक्रिया