दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकाका ३ वडाहरुमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ। गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा मेलमिलाप केन्द्र स्थापना गरिएको गाउँपालिका उपाध्यक्ष विनोद कुवरले जानकारी दिनुभयो ।
गाउँपालिकाको न्यायिक समिति अन्तरग निरुपण गर्न सकिने उजुरीहरुको मेलमिलाप वडाबाटै गर्ने उदेश्यले वडाहरुमै मेलमिलाप केन्द्र स्थापना गरिएको न्यायिक समिति संयोजक समेत रहेका उपाध्यक्ष कुवरले बताउनुभयो ।
गाउँपालिकाको न्यायिक समितिमा निरुपण गर्न सकिने उजुरीहरुको वडाबाट मेलमिलाप गर्ने उदेश्यले वडाहरुमा मेलमिलाप कर्ता तोकेर मेलमिलाप केन्द्र स्थापना गरिएको हो । गाउँपालिकाले गत बर्ष मेलमिलाप कर्ताहरुको लागी ४८ घण्टे तालिम सञ्चालन गरेको र सोही तालिमबाट छनोट भएकाहररुलाई एक वडामा कम्तीमा ३ जना रहने गरि मेलमिलाप कर्ता तोकिएको उहाँले बताउनुभयो ।
अहिलेलाई गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा कम्तीमा ३ जना मेलमिलाप कर्ता तोकर मेलमिलाप केन्द्र स्थापना गरेका छौ, बाँकि वडाहरुमा पनि छिट्टै गठनको तयारी गरिरहेका छौ उपाध्यक्ष कुवरले भन्नुभयो ।
मेलमिलाप केन्द्रले निरुपण गर्न मिल्ने उजुरी वडामै निरुपण गर्ने र त्यस्ले नागरिकहरुलाई सजिलो हुने उहाँको भनाई छ। गाउँपालिकाको वडा नम्बर २ र ६ मा छिट्टै मेलमिलाप केन्द्र स्थापनाको लागी तयारी गरिरहेको उहाँले बताउनुभयो ।
वडा गाउँपालिकाको वडा नम्बर १ बाट गाउँपालिकाले सञ्चालन गरेकोे मेलमिलाप कर्ता तालिममा कसैले पनि सहभागिता नजनाएको मेलमिलाप कर्ता छनोट गर्न नसकिएको उपाध्यक्ष कुवरले जानकारी दिनुभयो । तत्कालका लागी वडा नम्बर १ का उजुरीहरु नजिकको अर्काे वडाको मेलमिलाप केन्द्रले हर्ने गरि व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया