शैल्यशिखरको एक घरमा आगलागी हुँदा ८ लाख बराबरको क्षती

दार्चुला । दार्चुलाको एक घरमा आगलागी भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काँडापारीमा धर्मानन्द भट्टको घरको भान्छा कोठामा बालेको अगो सल्केर बुधवार राती ८ बजेको समयमा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिनुभयो ।

आगलागी हुँदा भट्टको २ तले ४ कोठाको घर जलेको उहाँले बताउनुभयो । आगलागीबाट घरभित्र रहेका नगद, सुन, खद्यान्न, लत्ताकपडा लगायतका सामान गरी अन्दाजी आठ लाख रुपैँया बराबरको क्षती भएको सूचना अधिकारी जोशीले बताउनुभयो । आगो स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?