दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ पस्ती दुधेखोला घर भएका ५६ बर्षीय गोपाल दत्त पन्त मृत फेला परेका छन।
फागुन १९ गते घरबाट “जोलजिवी जान्छु” भनेर बेपत्ता भएका पन्तको विहिबार (आज) भारतको जोलजिवीमा मृत फेला परेका हुन ।
विहिबार विहान ११ बजेको समयमा मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुको पारि पट्टी भारत तर्फ महाकाली नदी किनारमा पन्तको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिनुभयो ।
पन्तको शव भारतमा फेला परेकोले शव परिक्षण लगायतका प्रक्रिया भारतमै हुने उहाँले बताउनभुयो । भारतीय प्रशासनले शव परिक्षण गरेर सनाखत गरे पछि परिवारको जिम्मा लगाउने छ।





प्रतिक्रिया