दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुमा विद्युत लाईन अबरुद्ध भएको छ ।
विहिबार दिउँसो चलेको हावाहुरीले उडैमा विद्युत लाईनमा सिमलको रुख ढल्दा जोलजिवी फिडरबाट विद्युत सप्लाई भइरहेका मालिकार्जुन र लेकम गाउँपालिकाका केही ठाउँमा लाईन अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका सूचना अधिकारी पुष्कर बमले बताउनुभयो ।
जोलजिवी फिडर बाट विद्युत सप्लाई भइरहेका क्षेत्रमा भोली दिउँसो सम्म विद्युत सप्लाई हुने उहाँले बताउनुभयो । तार र पोलमा समेत क्षती पुगेकोले भोली दिउँसो सम्म विद्युत सप्लाई हुने बमले जानकारी दिनुभयो ।





प्रतिक्रिया