दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा नेकपा (एमाले) ले टोलस्तरीय भेटघाट थालेको छ । एमालेको तीन महिने वडा केन्द्रीत जरा अभियान अन्तरगत टोलस्तरीय भेटघाट सुरू गरेको गाउँकमिटी अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो । अभियान अन्तरगत शुक्रबार (आज) अपिहिमालको वडा नम्बर ३ पाथा कसौती टाेलमा भेटघाट गरिएको उहाँले बताउनुभयो ।
अभियानमा खटाइएका एमालेका अपिहिमाल गाउँपालिका सहजकर्ता तथा प्रदेश कमिटी सचिवालय सदस्य प्रेमसिंह धामीको प्रमुख आतिथ्यतामा आयोजित भेटघाटमा गाउँपालिकाका समन्वय कमिटी संयोजक तथा प्रदेश कमिटी सदस्य उर्मिला बोहरा, जिल्ला कमिटी सदस्यहरू र पालिका कमिटी पदाधिकारी लगायतको आतिथ्यता रहेको वडा नम्बर ३ कमिटी संयोजक बालकुमारी बोहराले बताउनुभयो । भेटघाटका क्रममा एमालेमा प्रवेश गरेका स्थानीय बिर्मती धामी र बिमला धामीलाई पार्टीमा स्वागत गरिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया