दार्चुला । दार्चुलाका सबै स्थानीय तहमा नेकपा (एमाले) को वडा केन्द्रीत तीन महिने अभियान अन्तरगत विभिन्न गतिविधि भइरहेका छन् । अभियानमा व्याँस र दुहुँ गाउँपालिका सहजकर्ताको जिम्मेवारी पाउनुभएका एमाले केन्द्रीय कमिटी सदस्य हरदेव जोशी नेतृत्वको टोली व्याँस हुँदै दुहुँ गाउँपालिकाका वडाहरूमा आइपुगेको छ ।
बुधबार दुहुँको वडा नम्बर १ पिपलचौरीमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया गरेको जोशी नेतृत्वको टोलीले विहिबार दुहुँको वडा नम्बर २ हिकिला र शुक्रबार (आज) दुहुँको वडा नम्बर ५ मा कार्यक्रम गरेको छ । शनिबार दुहुँको वडा नम्बर ४ र ३ मा कार्यक्रम आयोजना गरिएको अनेरास्ववियु जिल्ला कमिटी सचिवालय सदस्य बिरेन्द्र जोशीले बताउनुभयो ।
शुक्रबार दुहुँको वडा नम्बर ५ मा वडा कमिटी अध्यक्ष मानसिंह बडालको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय कमिटी सदस्य हरदेव जोशीको प्रमुख आतिथ्यता तथा प्रदेश कमिटी सदस्य गौरी वडाल, जिल्ला कमिटी सदस्यहरू, पालिका कमिटी अध्यक्ष उदय सिंह बडाल लगायत पदाधिकारी र सदस्यहरूको आतिथ्यता रहेको थियो ।





प्रतिक्रिया