दार्चुला । दार्चुलाको खलंगा-खार- देथला सडक खण्ड पुननिर्माणको लागि पहल गरिदिन नागरिक समाज दार्चुलाले ज्ञापन पत्र बुझाएको छ ।
आर्थिक बर्ष २०७६/०७७ मा प्रदेश सरकारको प्रदेश गौरवको आयोजना अन्तरगत निर्माणधीन खलंगा-खार-देथला सडक खण्ड २०७९ भाद्र महिनामा लास्कु खोलामा आंशिक रुपमा क्षती भई सडक पुर्ण रुपमा अबरुद्ध रहेको छ ।
सडक अबरुद्ध हुँदा त्यस क्षेत्रका नागरिकले दुःख भोग्नुपरेको भन्दै नागरिक समाज दार्चुलाले मंगलबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी मार्फत सडक पुननिर्माणको लागि पहल गरिदिन ज्ञापन पत्र बुझाएको हो ।
बाढीले क्षती पुर्याएको उक्त सडक खण्डको पुननिर्माणको लागि २-२ पटक मन्त्री स्तरीय अनुगमन भई निर्देशन दिइए पनि सडक पुननिर्माणको लागि कुनै कार्य नभएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
उक्त सडकको अन्य कुनै वैकल्पिक सडक मार्ग नभएकोले उक्त क्षेत्रका स्थानीयले समस्या भोग्नु परेको, यस अघि पनि सडक मर्मत तथा पुन निर्माणको लागि आग्रह गर्दा पनि कुनै निकायले ध्यान नदिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
पटक पटक अनुरोध गर्दा पनि सडक निर्माणको लागि राज्यले चासो नदेखाएकोमा नागरिक समाजले चिन्ता र दुःख व्यक्त गरेको छ। साथै सडक पुननिर्माण कार्य यथाशीघ्र सुरु नभएमा थप आन्दोलका कार्यक्रम घोषणा गर्ने नागरिक समाज दार्चुलाले जनाएको छ।






प्रतिक्रिया