दार्चुला । भारतको राजस्थान (जयपूरमा) मोटरसाईकल दुर्घटनामा परी दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ सिन्याडीका ३६ वर्षीय करन जोशीको ज्यान गएको छ ।
सोमवार (हिजो) राती भारतको राजस्थान (जयपूरमा) मोटरसाइकल दुर्घटनामा परी जोशीको ज्यान गएको मृत्तकका आफन्त कृष्ण जोशीले जानकारी दिनुभयो । जोशीको घरमा आमाबुबा, श्रीमती र तीनवटा छोरी रहेका छन् ।
५ महिना अगाडी मात्रै रोजगारीको लागी भारत गएका जोशीको दुखद निधन भएपछी सिंगो गाउँ शोकमग्न भएको छ ।





प्रतिक्रिया