भेटौला चैतका महिना: सम्झना कोसेली

लाग्यो इजु चैत मैना, दादा काँछ मेरो !!
रुँदिहो न्याउली चरी, जिउ झुर्दोहो तेरो !!

काफलकी करौउ दानी, हुन लागी लाल !!
फर्किफर्कि आइग्यो इजु, एमास यै साल !!

सोराइले हेर्दोछु मत, दाइका आउन्या बाटो!!
इतिछाटो बिरानो भयो, मेरै जनम्या माटो !!

वल्ला घर पल्ला घर, सबै निका छन कि !!
लेख्या इजु सम्राइ मानि, बेदना मन कि !!

उहि लेकको ठन्डो पानी, शिर–शिर हावा !!
कसि छै उद्भव माता, कसा छन् बाबा !!

गुराँस ढकमक्क होलो, गोरु चरुन्या बन !!
रात जाँदोछ दिन जाँदोछ, सम्झि मनै-मन !!

पल्ला घर रेबुदाइकी, लिखु पेलाइ होली !!
मौजउ कलमा बसी, आइनु बातइ होली !!

लिखु पेल्लो हलगोरु, एकपट्या कलमा !!
बाडी बनाइ पठाइ दिया, दोपट्टा सलमा !!

पिसन्या जातरोइ छकि, जान्छौ कित घट्ट !!
दिनबार हेरि पठा इजा, मेरदादा लाई झट्ट !!

यै पाली रूडीयो सर्क, पानीकि हाहाकार !!
घर धन्दा त भौति होली, मिलाइबरी सार !!

गाडाका भिरकी प्याउली, फुलिहोलि डम्म !!
निश्वास जन माणे इजु, भेट नभया सम्म !!

विष्णु जोशी “अँठोला”          
(शैल्यशिखर नगरपालिका ०७ बोहरिगाँउ, हाल शैल्यशिखर नगरपालिकामा कार्यरत …..)

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?