ब्लड क्यान्सर पीडित धामीको उपचारमा समस्या, आर्थिक सहयोगको लागी अपिल

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका वडा नम्बर ८ बसेडी का २५ वर्षीय रोशन सिंह धामीको उपचारमा आर्थिक अभाव भएको छ ।

तीन महिना अगाडी गाउँबाट ५।६ लाख रुपैयाँ श्रण निकालेर रोजगारीको लागी युनाइटेड अरव इमिरेट (दुवइ) पुगेका धामीलाई रगतको क्यान्सर (ब्लड क्यान्सर) भएपछी अहिले उहाँलाई नेपाल फर्काइएको छ ।

हाल उहाँको काठमाडौं स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रगत सम्बन्धि गम्भीर रोग लागेका धामीको उपचारमा लाखौँ खर्च लाग्ने अस्पतालले बताएको छ । आफुसंग उपचारको लागी रकम नभएपछी रोशनको उपचारमा समस्या भएको र मनकारीहरुलाई सहयोगको लागी अपिल गरिएको आफन्तहरुले बताएका छन् ।अहिले सामाजिक सञ्जालमा सहयोग अभियान सञ्चालन गरिएको छ ।

धामीलाई उपचारमा सहयोग गर्न चाहनेले उहाँका श्रीमती लक्ष्मी बिष्ट धामीको नाममा  माछापुच्छ्रे बैंकमा रहेको खाता नम्बर ०८९०९७७८५६१०००१७ अथवा क्यू आर कोडमा सहयोग गर्न सकिनेछ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?