दार्चुला । दार्चुलामा पछिल्लो १० महिनामा भीरबाट लडेर १३ जनाको मृत्यु भएको छ।
चालु आर्थिक वर्षको असार देखि चैत्र ५ गते सम्म भीरबाट लडेर १३ जनाको मृत्यु भएको हो । प्रहरी संग पुगेको तथ्याङ्क अनुसार जिल्लामा १० महिनामा १३ जनाले ज्यान गुमाएका छन ।
यो अवधिमा १० पुरुष र ३ महिला गरि १३ जनाको भीरबाट लडेर मृत्यु भएको जिल्ला पहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्तीराज जोशीले बताउनुभयो । साउन महिनामा १ जनाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ।
त्यस्तै भदौ महिनामा २ जना, मंसिर महिनामा ३ जना, पुषमा २ जना, माघमा ३ जनाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क रहेको छ। त्यस्तै फागुन महिनामा २ जना र चैत्र महिनाको हाल सम्म १ जनाको भीरबाट लडेर मृत्यु भएको छ।
भीरबाट लडेर मृत्यु भएका सबैको तथ्याङ्क प्रहरी सम्म नपुग्ने हुदा मृतको संख्या थप हुन सक्ने प्रहरीले जनाएको छ।





प्रतिक्रिया