देशभर सक्रिय संक्रमित २१ हजार ८३० पुगे, आज १९११ थपिए

देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित नाघे फेरि लकडाउन गर्नेगरी सिफारिस गरिसकेको अवस्थामा बिहीबारसम्म सक्रिय संक्रमितम २१ हजार ८३० पुगेको हो ।

पछिल्लो समय देशभर कोरोना संक्रमित बढिरहेका छन् भने बितेको २४ घण्टामा मात्रै १ हजार ९११ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

हाल संस्थागत आइसोलेशनमा १० हजार ७६१ र होम आइसोलेशनमा ११ हजार ६९ हजार रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा देशभर ९६१ जना निको भएका छन् भने यससँगै हालसम्म निको हुनेको कुल संख्या ५७ हजार ३८९ पुगेको छ ।

यस्तै देशभर आईसीयूमा २२० र भेन्टिलेटरमा २५ जना रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?