दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिकामा सीप विकास तथा प्रविधि सहयोग कार्यक्रम सञ्चालन हुने भएको छ ।
नेपाल सरकारबाट पाप्त लघु, घरेलु तथा साना उद्योग प्रवद्धन तथा प्रविधि सहयोग कार्यक्रम अन्र्तरगत गाउँपालिकाको सहकार्यमा विभिन्न सीपमुलक तालिमहरु सञ्चालन हुने गाउँपालिका उपाध्यक्ष बिनोद कुँवरले जानकारी दिनुभयो ।
गाउँपालिकाले नै सञ्चालन गर्ने सीप विकास तालिम अन्र्तरगत सिलाई तथा वुनाई, आरन व्यवसायीहरुलाई तालिम र वेल्डिङ व्यवसायीहरुलाई तालिम दिइने उहाँले बताउनुभएको छ । पालिकाभरीका उद्यमीहरुलाई सीप विकास तालिममा सहभागी हुन १५ दिनभित्र गाउँकार्यपालिकामा आवेदन पेश गर्न सूचित गरिएको छ ।
पेश भएका आवेदनहरुमाथी गाउँपालिकाले छनोट मापदण्ड अनुसार बजेटको परिधिमा रहेर उद्यमीहरुलाई छनोट गर्ने गाउँपालिकाले जनाएको छ ।





प्रतिक्रिया