गोकुलेश्वर क्षेत्रको फोहोर उठाउदै शैल्यशिखर नगरपालिका

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा अवस्थित गोकुलेश्वर बजारको फोहोर नगरपालिकाले उठाएको छ ।

लामो समयसम्म डम्पिङ क्षेत्रको अभावले उठाउन नसकिएको फोहोर शनिवार (आज) बाट नगरपालिकाको पहलमा उठाउन लागिएको शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले अहिले गाजरी क्षेत्रमा डम्पिङ साइडको व्यवस्था मिलाएको छ ।

गोकुलेश्वर बजार क्षेत्रमा रहेको फोहोर आजबाट निरन्तर रुपमा उक्त क्षेत्रमा लगेर गाजरी क्षेत्रमा व्यवस्थापन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेन्द्र बहादुर बिष्टले बताउनुभयो । लामो समयबाट फोहोर फाल्ने क्षेत्र नहुदा गोकुलेश्वर बजार क्षेत्रको फोहोर खोला छेउछाउमा फाल्ने गरिएको थियो ।

हाल नगरपालिकाले डम्पिङ क्षेत्रको व्यवस्था मिलाएर उक्त क्षेत्रमा फोहर व्यवस्थापन गर्ने अधिकृत बिष्टले बताउनुभयो । शनिवार (आज) नगरपालिकाले २० जना कामदार लगाएर फोहर उठाउन कामको सुरुवात गरेको बताइएको छ ।

फोहोर उठाएर व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिईने  शैल्यशिखर नगरपालिकाले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?