दार्चुलाको मार्मामा आत्महत्या रोकथाम तथा न्यूनीकरण  सम्बन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ३ मा रहेको लटिनाथ माध्यमिक विद्यालय रस्कोटमा आत्महत्या रोकथाम तथा न्यूनीकरण र लागु औषध नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको छ ।

ईलाका प्रहरी कार्यालय लटिनाथ मार्माको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत एसइई परीक्षामा सहभागी विद्यार्थीहरुलाई लक्षित गरि आइतबार (आज) आत्महत्या रोकथाम तथा न्यूनीकरण र लागु औषध नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको हो ।

ईलाका प्रहरी कार्यालय लटिनाथ मार्माका प्रहरी नायव निरीक्षक जंग बहादुर चन्द नेतृत्वको प्रहरी टोलीले विद्यार्थीहरुलाई आत्माहत्या रोकथाम तथा न्यूनीकरणका लागि गर्न सकिने प्रयास बारे जानकारी गराउनुभएको थियो ।

एसइई परीक्षा अन्तरगत आज अनिवार्य गणित विषयको परीक्षा सञ्चालन भएको थियो । परीक्षा सम्पन्न भइसके पछी उक्त केन्द्रबाट परीक्षा दिने विद्यार्थीहरुलाई भेला गरि कार्यक्रम सञ्चालन गरिएको ईलाका प्रहरी कार्यालय लटिनाथ मार्माका इन्चार्ज, प्रहरी निरीक्षक कैलास विष्टले बताउनुभयो ।

प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत समाजमा हुने विभिन्न अपराधिक घट्ना, बिकृती, सवाहरी दुर्घटना लगायतका विषयमा सचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?