दार्चुलामा भन्सार छलीको ६ पेटी बिडी बरामद

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ स्थित चौलानी नदी किनारबाट भन्सार छली गरी भारतबाट ल्याइएको ६ पेटी बिडी प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको गस्ती टोलीले सोमबार उक्त बिडी बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी कान्ती राज जोशीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बरामद बिडीको अनुमानित बजार मूल्य करिब १ लाख ८० हजार रुपैयाँ रहेको छ। बेवारिसे अवस्थामा भेटिएको बिडी आश्वक प्रक्रिया पुरा गरि भन्सार कार्यालयलाई बुझाईएको उहाँले बताउनुभयो ।

स्थानीय प्रशासनले अबैध सामान ओसारपसार तथा भन्सार छली नियन्त्रण गर्न निगरानी बढाएको जनाएको छ। साथै, भन्सार नतिरी ल्याइएका सामग्री ओसारपसारमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?