दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा वडा नम्बर २ बिटोराका ८४ वर्षीय विरमा ठगुन्नाको उपचारमा आर्थिक अभाव भएको छ ।
पुष २३ गते घरमै आगो ताप्ने क्रममा जलेर गम्भिर घाईते भएकी ठगुन्नाको उपचारमा साढे २ लाख रुपैयाँ खर्च भएको ठगुन्नाकी छोरी देवकी धामीले जानकारी दिनुभयो । छोरा समेत नभएका एकल महिला ठगुन्ना जलेर गम्भिर घाईते भएपछि आफन्तहरुको सहयोगमा धनगढी स्थित सेति अस्पतालमा २ महिना उपचार गराएपछि चिकित्सकहरुले थप उपचारको लागी काठमाडौँ लग्न सुझाव दिएको उहाँले बताउनुभयो ।
अहिले आर्थिक अभावका कारण ठगुन्नालाई उपचारको लागी काठमाडौँ लग्न समस्या भएको छोरी देवकीले बताउनुभयो । गाउँपालिकाले पनी केहि सहयोग नगरेको उहाँकी छोरी धामीको गुनासो छ ।
ठगुन्नाको उपचारमा सहयोग गर्न इच्छुकले ग्लोबल आइएमी बैंकमा भतिजा बुहारी जानकी देवी ठगुन्नाको नाममा रहेको खाता नम्बर १८८०७०१०००७४९६ मा सहयोग गरिदिन अपिल गरिएको छ ।






प्रतिक्रिया