दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले राष्ट्रिय परिचय पत्र दर्ता नगराएका सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई सम्पर्कमा आउन आग्रह गरेको छ।
नेपाल सरकारले बैंक खाता सञ्चालनको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरे पछि गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीलाई परिचय पत्र दर्ताको लागि वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको हो ।
परिचय पत्र दर्ता नरहेका ७० बर्ष माथिका जेष्ठ नागरिक, शारीरिक रुपमा पुर्ण अशक्त वा अपाङ्गता भएका प्रशासन कार्यालय सम्म जान नसक्ने नागरिकको तथ्याङ्क संकलन गरेर जिल्ला प्रशासन कार्यालय संग समन्वय गरि शिविर सञ्चालनको तयारी भइरहेकाले परिचय पत्र दर्ता नगरेका सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुलाई सम्बन्धीत वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बा दत्त जोशीले बताउनुभयो ।
गाउँपालिकाका सबै वडाहरुलाई विवरण संकलनको लागि पत्राचार गरेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया