सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सवको तयारी पुरा

दार्चुला । चैत्र १५ गते (भोली) बाट जिल्ला सदरमुकाम खंलगामा सञ्चालन हुने सुदूरपश्चिम पर्यटन मेला तथा दार्चुला महोत्सवको तयारी पुरा भएको छ ।

“अपिनाम्पा मालिकार्जुन चौलानी र महाकाली दार्चुलाको शान,स्थानीय उत्पादन कला संस्कृति संरक्षण र प्रबद्र्धनमा हाम्रो अभियान” भन्ने मुल नारासहित चैत्र १५ गते देखि २५ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको आयोजक उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश सिंह थापाले बताउनुभयो । भोलीबाट सञ्चालन हुने महोत्सवको नेकपा एमालेका पोलिटब्युरो सदस्य, पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

महोत्सवमा राष्ट्रिय र स्थानीय स्थरका कलाकारहरु सहभागी हुने छन । महोत्सवमा चर्चित लोक तथा दोहोरी गायत बद्री पंगेनी, गायक सुनिल नेपाली, लाल बहादुर धामी, चक्र बम, गायिका रेखा जोशी, इब्सल सन्ज्याल, एलिना चौहान, मोडेल तथा गायिका ज्योति मगर, गायक टंक वि.सी., कमल वि.सी. लगायतका कलाकारहरुको प्रस्तुती रहने वाणिज्य संघ दार्चुलाका अध्यक्ष थापाले बताउनुभयो । मोडेलहरुमा आरती शाह, अनु खड्का, कोपिला सिंह, बबिता धिताल, मनु भट्ट र पुष्पा बोहरा हास्य कलाकारहरु अछामी रेखा र प्रेम पौडेलको पनि सहभागीता रहने उहाँले बताउनुभयो । त्यस्तै गायक तथा उद्योषक कृष्ण धामी, उद्घोषक प्रेम बोगटी, गुणाकर पनेरु, उद्घोषिका अनिता धामीको सहभागीता रहने छ ।

जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलहरु नै पर्यटकहरु लोभ्याउने मुख्य आकर्षक भएकाले जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो ।

महोत्सवमा १ सय भन्दा बढि स्टल राखिएका छन् । त्यस्तै महोत्सवको मुख्य आकर्षणका रुपमा महोत्सवको पूर्वसन्ध्यामा दार्चुला जिल्लाको विविधता झल्किने सांस्कृतिक झाँकी, व्याँसी सौका समुदायको विशिष्ट पहिरन सांस्कृतिक र भेषभुषा प्रर्दशनी, दुँहु, मार्मा, लेकम र ब्याँस क्षेत्रको रहन सहनसहितका खानाका परिकारहरुको बिक्रि तथा प्रर्दशनी गरिने आयोजकले जनाएकोे छ।

त्यस्तै प्रतेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती, बाल उद्यान लगायत मेलाका कार्यक्रमहरु सञ्चालन हुने छन ।  स्थानीय कृषि पेशा व्यवसाय र सेवा प्रदायकहरुका वस्तु तथा सेवा शुल्क उपभोग प्रचार प्रसारसहित प्रर्दशन गरिने, दार्चुलाका ऐतिहासिक, पौराणिक,धार्मीक सांस्कृतिक सम्पदाहरुको पहिचान र जानकारी लिन मिल्ने गरि तयारी गरिएको आयोजक उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश सिंह थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?