तीनकुनेमा गोली लागेका एक जनाको मृत्यु भएको गृह मन्त्रालयबाट पुष्टि

दार्चुला । आज दिउँसाे तीनकुने क्षेत्रमा राजावादीकाे प्रदर्शनमा प्रहरीकाे गाेली लागेर घाइते भएका युवककाे ज्यान गएकाे छ ।

प्रहरीकाे गाेली लागेर घाइते भएका कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएकाे गृह मन्त्रालयका सहसचिव छवि रिजालले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयाे ।

आजकाे प्रदर्शनमा राजावादीले तीनकुने क्षेत्रमा व्यक्तिका घरसँगै आलोकनगरमा रहेको नेकपा (एकीकृत समाजवादी) को कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामङ्गलको नागरिक उड्डयन कार्यालय, अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?