दार्चुलामा ६ महिनाको अवधिमा ४० जना बेपत्ता

दार्चुला । दार्चुलामा ६ महिनाको अवधिमा ४० जना मानिस बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षका पछिल्ला ६ महिनामा ४० जना घरपरिवारबाट सम्पर्क बिहिन भएका हुन्।

४० जना मध्ये प्रहरीले २३ जनालाई खोजेर परिवार वा आफन्तको जिम्मा लगाएको छ,भने १७ जना अझै पनि सम्पर्कमा आउन सकेका नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिनुभयो । बेपत्ता १७ जनाको अहिले पनि प्रहरीले खोजी गरिरहेको उहाँले बताउनुभयो । मानिस हराएकोे निवेदन पर्ने तर केही घटनामा हराएका मानिसलाई उनीहरूकै घरपरिवारले भेटाएपछि प्रहरीमा जानकारी नगराउँदा बेपत्ता हुनेको सङ्ख्या बढी देखिएको प्रहरीको भनाई छ।

बढ्दो सामाजिक सञ्जालको प्रयोग, बालबालिकाप्रति अभिभावकले कम समय दिनु, बेरोजगारीलगायत विभिन्न कारणले परिवारमा जानकारी नगराई भारत जाने गरेका कारण बेपत्ता हुने मानिसको सङ्ख्या बढेको उहाँको भनाई छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?