दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा चैत्र ३ गतेबाट सुरु भएको प्रथम चरणको एकीकृत घुम्ती शिविरबाट ५ वडाका १ हजार २ सय २४ जनाले सेवा लिएका छन् ।
गाउँपालिकाबाट प्रवाह हुने सम्र्पुण सेवाहरु स्थानीयको घरदैलो सम्म पुर्याउने उद्धेश्यले सञ्चालन गरिएको शिविर गाउँपालिकाको वडा नम्बर १ वडा नम्बर २ तथा ३ को माथिल्लो भेग, वडा नम्बर ५ र वडा नम्बर ६ मा चैत्र १४ गते सम्पन्न भएको छ । शिविरबाट ५ वडाका ७९९ जना महिला र ४२४ जना पुरुष गरी १ हजार २ सय २४ जनाले सेवा लिएको गाउँपालिकाका सूचना अधिकारी पान सिंह धामीले जानकारी दिनुभयो ।
जसअनुसार वडा नम्बर १ मा ८७ जना महिला र ४६ जना पुरुष गरी १३३ जनाले सेवा लिएको सूचना अधिकारी धामीले बताउनुभयो । त्यस्तै वडा नम्बर २ मा २२७ जना महिला र ९७ जना पुरुष गरी जम्मा ३२४ जनाले सेवा लिएका छन् । वडा नम्बर ३ को माथिल्लो भेगमा १९७ जना महिला र १०१ पुरुष गरि कुल २९८ जनाले सेवा लिएका छन् ।
त्यस्तै गाउँपालिकाको वडा नम्बर ५ मा १२१ जना महिला र ४८ जना पुरुष गरी १६९ जनाले सेवा लिएका छन् भने वडा नम्बर ६ मा १६७ जना महिला र १३३ जना पुरुषले सेवा लिएको गाउँपालिकाले जनाएको छ । ५ वटा वडामा प्रथम चरणको शिविर सम्पन्न हुदा जम्मा १ हजार २ सय २४ जनाले सेवा लिएको बताइएको छ ।
त्यस्तै वडा नम्बर ३ को तल्लो भेग र वडा नम्बर ४ का वस्तीहरुमा चैत्र १९ गतेबाट २३ गतेसम्म शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।





प्रतिक्रिया