दार्चुला । दार्चुलामा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद्को जिल्ला शाखा गठन गरिएको छ ।
आईतबार परिषद्का केन्द्रीय सदस्य मनोज सिंह धामीको प्रमुख आतिथ्यतामा सञ्चालन भएको भेलाले जिल्ला शाखा गठन गरेको हो । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको जिल्ला शाखा गठन गर्ने कार्य सुदुरपश्चिमको दार्चुला जिल्लाबाट सुरु गरिएको केन्द्रीय सदस्य धामीले बताउनुभयो ।
सदरमुकाम खलंगामा सञ्चालन भएको भेलाले दार्चुला बहुमुखी क्याम्पसका उप-प्राध्यापक तथा साहित्यकार बिष्णुदत्त जोशीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला शाखा गठन गरेको परिषद्का सदस्य उपेन्द्र सिंह ठगुन्नाले बताउनुभयो । समितिको उपाध्यक्षमा भोजराज भट्ट, सचिवमा महेशप्रसाद जोशी, कोषाध्यक्षमा सुमित्रा कुंवर सर्वसम्मत चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा पदम सिंह बडाल, खेम राज जोशी, कृष्ण धामी, निर्मला धामी, ममिता कुमारी ठगुन्ना, प्रेम सागर जोशी, उपेन्द्र सिंह ठगुन्ना, लोकेन्द्र सिंह डागा र चरन ठगुन्ना चयन भएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया