भारतमा अस्ताए दार्चुलाका करन, बुवाको बाटो पर्खेका तीन नाबालिक छोरीको बिचल्ली

दार्चुला । गाउँमा रोजगारीको लागि प्रयाप्त विकल्प नहुँदा दार्चुलाका अधिकांस युवाहरु रोजगारीका लागि भारत जान्छन । यहाँका युवाहरुको लागि रोजगारी मुख्य केन्द्र भनेकै भारतका विभिन्न सहर हुन् ।

रोजगारीको शिलशिलामा परिवारको २ छाक टार्न र शरीर ढाक्न एक सरो कपडाको जोहो गर्न साथिहरु संगै गत भदौ महिनामा भारतको राजस्थान गएका दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ सिन्याडीका ३६ वर्षीय करन जोशी राजस्थानको जयपुरमा मोटरसाईकल दुर्घटनामा परि उतै अस्ताए ।

घर खर्च चलाउन भारत गएका घरको पिल्लर भारतको बिरानो सहर राजस्थानमा ढल्दा परिवारको बिचल्ली भएको छ । मृतक जोशीको  घरमा बुढा आमाबुबा, श्रीमती र तीन नाबालिक छोरी छन् । ११ बर्षीया जेठी छोरी छिन। त्यस्तै ६ बर्षकी माईली र कान्छी छोरीको उमेर ३ बर्षको मात्रै छ।

जेठि छोरी केही कुरा बुझ्न सक्ने अवस्थाकी भए पनि कान्छा दुई छोरीहरु कमाउन भारत गएका बुवा फर्कने बाटो कुरेर बसेका छन् । जोशीको मृत्यु संगै  बुढा आमाबुवाको बुढेसकालको साहारा ढलेको छ, श्रिमतीको लागि लाउँखाउँ भन्ने उमेरमा भोक प्यास हराएको छ, सिन्दुर पुछिएको छ, सर्वस्व नै अस्ताएको छ । कलिला छोरीहरुको भबिष्य अन्योल भएको छ, खुसी हराएका छन, बुवा आउने बाटो पर्खेर बसेका तीन नाबालिक छोरीको पर्खाइ पर्खाइमै सिमित भएको छ।

उनिहरुका बुवा संगै भारत गएका अन्य गाउँलेहरु आफ्ना छोराछोरीको लागि लुगा कपडा बोकेर गाउँ फर्किए । तीन बहिनी बुवालाई के भयो बुझ्न सक्ने अवस्थामा छैन्न । उनिहरु अहिले पनि अरुले झै आफ्ना बुवा पनि कहिले झोला भरि नयाँ कपडा र खानेकुरा ल्याएर आउछन भनेर पर्खि रहेका छन।

बुवाले घरबाट जाँदा तिमीहरुलाई खेलौना, खानेकुरा ल्याईदिन्छु, भनेर गएका बुवा उतै अस्ताए पछि छोरीहरुको आँशा आँशमै सिमित भएको छ । कलिलै उमेरमा बुवा गुमाएका छोरीले अहिले त्यो कुरा बुझेका छैन्न । उनिहरुलाई बुवा कहिले आउँछन भन्ने असह्य पर्खाइ मात्रै छ ।

परिवार र छोरीहरुको खुसी किन्न भारतको बिरानो सहरमा अस्ताएका बुवा संगै छोरीहरुको खुसी र परिवारको सुख पनि अस्ताएको छ । छोरीको  खेलौना नभेटिने गरि हराएको छ ।

“आफ्नो बुवासंगैका साथीहरु घर आउदा हाम्रो बुवा कहिले आउछन ? हामीलाई के के ल्याईदिन्छन’ भनेर सोध्ने अबोध छोरीको बचनले घरपरिवारको मात्रै हैन आफन्त र गाउँलेकै मन भारि भइरहेको छ” जोशीका काका कृष्ण जोशीले भन्नुभयो ।

जिवनको आधा भन्दा बढी समय भारतमै मजदुरी गरेर बिताउनु पर्ने यस क्षेत्रका युवाहरुको बाध्यता रहेको छ। जोशी जस्तै कयौँ युवाहरुले रोजगारीको शिलशिलामा भारतमै ज्यान गुमाईरहेका छन, त कती उतै बेपत्ता भएका छन। यो दार्चुला संगै सुदूरबासीको लागि नियती नै हो ।

जोशी परिवारलाई आर्थिक सहयोगको लागि अहिले सामाजिक सञ्जालमा सहयोग अभियान चलाईएको छ। सहयोग गर्न चाहने हरुले मृतक जोशीकी श्रमती हिरा जोशीको नाममा रहेको ग्लोबल आईएमइ बैंकको खाता नम्बर २०१०७०१०११७३५७ मा सहयोग गर्न सक्नुहुने छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?