नेपाल पत्रकार महासंघ दार्चुलाद्वारा प्रशासनमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण

दार्चुला । यही चैत्र १५ गते काठमाण्डौँको तीन कुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समुहले संचारमाध्यम र संचारकर्मीलाई निशाना बनाएको घटनाको अनुसन्धान र दोषीमाथि कार्वाहीको माग गर्दै नेपाल पत्रकार महासंघ दार्चुलाले नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ । पत्रकार महासंघ दार्चुलाले जिल्ला प्रशासन कार्यालय दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

चैत १५ गतेको अराजक घटनामा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको थियो, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतलामा आगो लगाउनुको साथै ढुङ्गामुढा गरी क्षति पु¥याईको थियो, कान्तिपुर टेलिभिजनको भवनमा ढुङ्गामुढा गरी क्षति पु¥याईको थियो, हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पु¥याईको थियो, पत्रकार दिनेश गौतम माथी आक्रमण गरी खुट्टा भाँचिएको थियो र फोटो पत्रकार निराज तमाङ्गको क्यामेरा हराएको थियो । उल्लेखित घटना प्रती नेपाल पत्रकार महासंघ गम्भीर रहेकोले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार समक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारवाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, संचारमाध्यम र संचारकर्मी माथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षती भएका संचार गृह र संचारकर्मीलाई यथोचित क्षतिपुर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन ध्यानाकर्षण पत्र बुझाइएको पत्रकार महासंघ दार्चुलाले जनाएको छ ।

साथै, विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरुमा संलग्नहरुलाई तत्काल कानुनी कारवाही गर्न र भविष्यमा संचारमाध्यम र संचारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि महासंघले जोडदार माग गरेको पत्रकार महासंघ दार्चुलाका सचिव सुन्दर सिंह धामीले बताउनुभयो ।

हाम्रो माग एक साताभित्रै सम्बोधन हुने विश्वसनिय आधार निर्माण गर्न प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारसमक्ष आग्रह गरेका छौँ, उहाँले भन्नुभयो, अन्यथा महासंघ सरकार विरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुने तर्फ ध्यानाकर्षण गराउदछौँ । ध्यानाकर्षण पत्र बुझ्दै निमित्त प्रजिअ मोहन धामीले पत्रकार महासंघबाट प्राप्त पत्र सरकारलाई पठाउने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?