मार्माको पलाउने सामुदायिक वनमा आगलागी

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ४ र ५ को सिमानामा पर्ने घट्ट पारी पलाउने सामुदायिक वनमा भिषण आगलागी भइरहेको छ ।

चैत्र १५ गतेबाट सुरु भएको आगलागी बस्तीहरु नजिकै पुग्न लागेको छ । ४ दिन अगाडी मुरैको माथिल्लो भेगबाट लागेको आगो वडा नम्बर ४ को डेडपानी, ल्युणेखोला र देवानगोदा लगायतका बस्तीहरु नजिकै पुगेको मार्माबाट लोकदर्पण समाचारदाता लक्ष्मण सिंह महताले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नम्बर ४ मा पर्ने पलाउने बनमा लागेको आगो काठका मुडाहरु खसेर वारी ९वडा नम्बर ५० मा पुग्ने सम्भावना रहेको छ । खोलावारी वडा नम्बर ५ को नोला, नखरी र गोल्फा लगायतका बस्तीहरु रहेका छन् ।

विगत ४ दिनबाट बनमा डढेलो लाग्दा पलाउने वनमा रहेका सल्ला, गुरास र बाजँका बोट तथा रुखहरु जलेर नष्ट भएका छन् । यस विषयमा इलाका प्रहरी कार्यालय लटिनाथका प्रहरी निरीक्षक एंव इन्चार्ज कैलाश बिष्टलाई बुझ्दा १७ गते राती ७ बजेबाट इलाका प्रहरी कार्यालय लटिनाथको टोली रातभर खटिएर डढेलो नियन्तरणमा आएको छ ।

प्रहरीको टोलीले जान नसक्ने एक दुइ ठाउँमा सामान्य आगो छुटेको र त्यही आगो अहिले पुनः जंगलभरी फैलिएको उहाँले बताउनुभएको छ । आज पुनः उक्त क्षेत्रबाट आगलागीको खबर आएको र प्रहरी परिचालन गरी आगो निभाउने प्रयास गरिने उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?