दार्चुला । दार्चुलामा चालु आर्थिक वर्ष २०८१। ८२ को हालसम्म ट्राफिक नियम उल्लघन गर्ने १३ सय ७१ वटा सवारी साधनबाट ७ लाख ४४ हजार राजस्व संकलन गरिएको छ ।
जिल्ला ट्राफिक कार्यालय दार्चुलाको तंथ्याक अनुसार साउनमा ११२ वटा वटा सवारी साधनबाट ६१ हजार ५ सय राजस्व संकलन गरिएको ट्राफिक प्रहरी कार्यालय दार्चुलाका इन्चार्ज एंव प्रहरी नायव निरीक्षक योगेश वहादुर पालले जानकारी दिनुभयो ।
त्यस्तै भदौ महिनामा १५३ वटा सवारी साधन कार्वाहीमा पर्दा ८३ हजार, अशोजमा १६१ सवारी साधन कार्वाहीमा पर्दा ९२ हजार रुपैयाँ राजस्व संकलन गरिएको उहाँले बताउनुभयो ।
कार्तिक महिनामा १८३ सवारी साधनबाट १ लाख ५ हजार ५ सय रुपैयाँ राजस्व संकलन हुदा, मसिरमा वर्षभरीकै बढी १९७ वटा सवारी साधन कार्वाहीमा परेको र १ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै पुष महिनामा १४४ वटा सवारी साधनबाट ८० हजार ५ सय, माघमा १८८ सवारी साधनबाट १ लाख ७ हजार ५ सय रुपैयाँ र फाल्गुनमा १५३ सवारी साधनबाट ९९ हजार रुपैयाँ राजस्व संकलन गरिएको इन्चार्ज पालले बताउनुभयो ।
तोकिएको भन्दा बढी मालसामान राखेमा,सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएमा, सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेमा, प्रयोजन बिपरीत सवारी चलाएको, छतमा यात्रु बोकेको वा राखेमा, सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएमा, दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुर्याएको वा सम्पर्कमा नआएमा तथा मादक पदार्थ सेवन गरी सवारी चलाएको पाईएमा लगायत विभिन्न शिर्षहरुमा ट्राफिक कार्वाही गर्ने गरिएको कार्यालयले जनाएको छ ।
यस्तै हाल दार्चुलाजिल्लाभरी जिल्ला ट्राफिक कार्यालय दार्चुला, गोकुेलेश्वर, लटिनाथ, होपरीगाड र मालिकार्जुनमा ट्राफिक प्रहरीको पोष्ट रहेका छन् । जिल्लाभरी ११ जना ट्राफिक प्रहरी रहेको बताइएको छ ।





प्रतिक्रिया