दार्चुला भन्सार कार्यालयद्धारा ८ महिनामा लक्ष्यको ४१ प्रतिशत राजस्व संकलन

दार्चुला । दार्चुला भन्सार कार्यालयले चालु आर्थिक बर्षको ८ महिनामा लक्ष्यको ४१ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। आर्थिक बर्ष  २०८१÷८२ को फागुन मसान्त सम्म कार्यालयले लक्ष्यको ४१ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।

कार्यालयले चालु आर्थिक बर्षमा ७५ लाख ७४ हजार रुपैंया राजस्व संकलनको लक्ष्य राखेकोमा कार्यालयले फागनु मसान्त सम्म ३१ लाख ६९ हजार ६ सय ७८ रुपैयाँ राजस्व संकलन गरेको छ । यो राजस्व रकम कार्यालयले उठाउने लक्ष्य राखेको ४१.८४ प्रतिशत मात्रै रहेको छ।

कार्यालयले यो अवधीमा भन्सार महसुल आयातमा २४ लाख ८७ हजार ७ सय ६७ रुपैयाँ राजस्व संकलन गरेको छ। आयात करमा कार्यालयले ६१ लाख १० हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा  फागुन मसान्त सम्म लक्ष्यको ४१.७१ प्रतिशत मात्रै राजस्व संकलन भएको छ।

त्यस्तै मुल्य अभिवृद्ध कर शिर्षकमा ७ लाख ४७ हजार रुपैयाँ लक्ष्य रहेकोमा ३ लाख ८६ हजार ७ सय ५७ रुपैयाँ , अन्तःशुल्क शिर्षकमा १ लाख ४७ हजार लक्ष्य रहेकोमा १८ हजार ९ सय ६२ रुपैयाँ , भन्सार महशुल निर्यातमा ५ लाख १० हजार लक्ष्य रहेकोमा २ लाख १० हजार रुपैयाँ र अन्य शुल्क शिर्षकमा ६० हजार लक्ष्य रहेकोमा ६५ हजार ९ सय ६६ रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालय दार्चुलाका प्रमुख सुदिप मानन्धरले बताउनुभयो ।

कार्यालयले आर्थिक वर्षको साउनमा ५ लाख ४८ हजार राजस्व संकलनको लक्ष्य राखेकोमा २ लाख ८९ हजार ८ सय ९२ रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ ।

त्यस्तै भदौमा ६ लाख ३ हजार लक्ष्य रहेकोमा ३ लाख ७३ हजार २ सय ७८ रुपैयाँ र अशोजमा ६ लाख १६ हजार रुपैयाँ लक्ष्य रहेकोमा ४ लाख २० हजार ३ सय ८३ रुपैयाँ राजस्व संकलन भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै कार्तिक महिनामा ६ लाख रुपैयाँको लक्ष्य लिएकोमा ५ लाख ६६ हजार ५ सय ८३ रुपैयाँ, मंसिर महिनामा ६ लाख ३३ हजार लक्ष्य रहेकोमा ४ लाख ३७ हजार ९ सय ५२ रुपैयाँ,  पुष महिनामा ६ लाख १७ हजार लक्ष्य रहेकोमा ३ लाख १० हजार ७ सय ७४ रुपैयाँ, माघ महिनामा ५ लाख ९० हजार रुपैया लक्ष्य रहेकोमा २ लाख ९४ हजार ४ सय ३ रुपैयाँ र फागुन महिनामा ६ लाख ७१ हजार लक्ष्य रहेकोमा ४ लाख ७६ हजार ४ सय १३ रुपैयाँ मात्रै राजस्व संकलन भएको भन्सार कार्यालय दार्चुलाका तथ्याङकले देखाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?