नौगाड–१ मा सडक नभएपछि बिजुलीको ट्रान्सफर्मर काँधमा बोकेर ढुवानी गरिदै

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर १ को नागु एयरकोटमा राष्ट्रिय प्रशारण लाईनको विद्युत जडान कार्य भइरहेको छ ।

वडा नम्बर १ का अधिकांस बस्तीहरुमा अहिले राष्ट्रिय प्रशारण लाईनको विद्युत जडान कार्य भइरहेको नौगाड गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिलाल सिंह महताले जानकारी दिनुभयो । वडा नम्बर १ को नागु एयरकोट क्षेत्रमा सडक नहुदा विद्युत ट्रान्सफर्मर तथा विद्युतिय साम्रगीहरु ढुवानीको लागि समस्या भइरहेको वडा अध्यक्ष महताले बताउनुभयो ।

आइतवार (हिजो) नागु र एयरकोटको लागी पहिलो विद्युत ट्रान्सफर्मर काँधमा बोकेर ढुवानी गरिएको छ । वडा नम्बर १ को लागी ४ वटा विद्युत ट्रान्सफर्मर आवश्यक पर्ने भएकाले अहिले ढुवानी कार्य भइरहेको उहाँले बताउनुभयो । नौगाड गाउँपालिकाले वडा नम्बर १ मा सडक निर्माणको लागी पालिकाको स्कारभेटर प्रयोग गरेर सल्ला क्षेत्रसम्म पुर्याएको भएपनी सल्लाभन्दा माथिको क्षेत्रमा कडा चट्टान र भिरालो जमिन भएकाले सडक काट्न समस्या भइरहेको उहाँले बताउनुभयो । उक्त क्षेत्रमा सडक नपुग्दा दैनिक उपभोग्य साम्रगी ढुवानी तथा जोखिमर्पुण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

नौगाड गाउँपालिकामा ७ वटा लघुजलविद्युत आयोजनाहरु समेत सञ्चालनमा रहेको छन् । अहिले डोल्पा दार्चुला कम्पनीले नौगाड गाउँपालिकामा राष्ट्रिय प्रशारण लाईनको विद्युत जडान कार्य गरिरहेको छ ।
गाउँपालिकाको ८० प्रतिशत क्षेत्रमा राष्ट्रिय प्रशारणको लाइन जडान कार्य सम्पन्न भएको नौगाड गाउँपालिकाका प्रवक्ता राजेन्द्र सिंह बोहराले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?