दार्चुला । दार्चुलाबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीलाई अपि नाम्पा संरक्षण क्षेत्र दार्चुलाले विदाई गरेको छ ।
सोमवार (आज) एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी जोशीको विदाई तथा फेरी भेटौँला कार्यक्रम गरिएको अपिनाम्पा संरक्षण क्षेत्र दार्चुलाका प्रमुख विनय कुमार झाले जानकारी दिनुभयो । गत शुक्रवार गृहमन्त्रालयले जोशीको गृह मन्त्रालयमै सरुवा गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी जोशी बुधवार (पर्सी) दार्चुलाबाट जाने र कार्यालयले भोली विदाई गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
रेडियो लोकदर्पण संग कुरा गर्दै जोशीले भौगलिक हिसावले भारत संग सिमा जोडिएको दार्चुलामा सिमा र भूमी समस्या, बाढी पहिरो, बाटोघाटो, सडक सञ्जाल लगायतका समस्याहरु रहेको बताउनुभयो । दार्चुला भौगोलिक रुपमा विकट भएपनी धार्मीक पर्यटन, पर्वतारोहरण र जडिबुटीको लागी थुप्रै सम्भावनाहरु रहेको उहाँले बताउनुभयो ।
डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ३ घर भएका जोशीले १ वर्ष दार्चुलाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभएको थियो । जोशीको सरुवा भएसंगै उहाँको ठाउँमा काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल आउने भएका छन् ।





प्रतिक्रिया