दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ को उकु स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब दिनेश जोशीको निधन भएको छ ।
लेकम गाउँपालिका वडा नम्बर ३ मकन्ना पुख्यौँली घर भएका जोशी हाल कञ्चनपुर बस्दै आउनुभएको थियो । सोमवार (आज) बिहान ११ बजे स्वास्थ्य चौकीमै बेहोस भएर लडेका जोशीलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको थियो ।
जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी लैजाने क्रममा मालिकार्जुनको पस्ती आधारभूत अस्पतालमा निधन भएको वडा नम्बर ६ का वडा अध्यक्ष गोकर्ण सिंह धामीले जानकारी दिनुभयो ।
धनगढी लैजाने क्रममा पस्तीबाट स्वास्थ्य अवस्था झन जटिल बन्दै गएपछि जोशीलाई पस्ती आधारभूत अस्पतालमा पुर्याउदा डाक्टरले मृत घोषित गरेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया