दार्चुला । दार्चुलाबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको विदाइ गरिएको छ। मंगलबार (आज) जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी जोशीको विदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको हो ।
१ बर्ष दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरेका जोशीको गत शुक्रवार गृहमन्त्रालयमा सरुवा भएको थियो ।
भौगोलिक रुपमा भारत र चीन संग सिमा जोडिएको दार्चुलामा सिमा विवाद, बाढी पहिरो, बाटोघाटो, सडक सञ्जाल लगायतका समस्याहरु रहेको विदाइ कार्यक्रममा बोल्दै जोशीले बताउनुभयो ।
दार्चुला भौगोलिक रुपमा विकट भएपनी धार्मीक पर्यटन, पर्वतारोहरण र जडिबुटीको लागी थुप्रै सम्भावनाहरु रहेको उहाँले बताउनुभयो ।
जोशीको विदाइ कार्यक्रममा जिल्ला स्थित कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ३ घर भएका जोशीले १ वर्ष दार्चुलाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभएको थियो । जोशीको सरुवा भएसंगै दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रुपमा गृहमन्त्रालयले काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रहेका अनिल पौडेललाई पठाएको छ।






प्रतिक्रिया