दार्चुलामा ९ महिनामा २५ सय बढी नागरिकले नयाँ नागरिकता लिए

दार्चुला ।  दार्चुलामा चालु आर्थिक बर्षको नौ महिनामा २ हजार ५ सय  नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

जिल्लामा चालु आर्थिक बर्ष २०८१/८२ को चैत्र २६ गते सम्म २ हजार ५ सय ६५ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

जस्मा १ हजार २ सय ३० जना पुरुष र १ हजार ३ सय ३४ जना महिला तथा एक जना अन्य नागरिकले नयाँ नागरिकताको प्रमाणपत्र लिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

सोही अवधीमा २ हजार ५ सय ७२ जना नागरिकले नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिएका छन्।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार चालु आर्थिक बर्षको साउन १ गतेबाट चैत्र २६ गते सम्म १ हजार ५ सय ८९ जना पुरुष र ९ सय ८३ जना महिला गरि २ हजार ५ सय ७२ जनाले नागरिकता प्रमाण पत्रको प्रतिलिपि लिएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?