चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै

दार्चुला । हङकङमा भइरहेको चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दैछ । हङकङको टिनक्वाङ रोड रिक्रिएशन ग्राउण्डमा हुने फाइनल खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरु हुनेछ ।

लिग चरणको अन्तिम खेलमा हिजो नेपाल र हङकङबीचको खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अङ्क बाँडेका थिए । समूहमा शीर्ष स्थानमा रहँँदै नेपाल फाइनल खेल्न लागेको हो । नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।

यसअघि कुवेतले कतारलाई हराएर नेटरनरेटका आधारमा फाइनल पुगेको हो । दोस्रो र तेस्रो स्थानको लागि अहिले घरेलु टोली हङकङ र कतारबीच खेल भइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?